गायिका मिलन अमात्यले चौथो पटक हङकङमा आफ्नो प्रस्तुती दिएकी छिन् । पाथिभरा क्लब हङकङको आयोजनामा हुने पाथिभर साँझ २ मा उनले शनिबार आफ्ना केही चर्चित गीतहरु गाइन् ।

milan-amatya-still

पुष २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘शब्द’ मा समावेश ‘गुलेली हाँनुकी’ सहित स्लोली स्लोली लगात गीतहरु गाइन् । हङकङमा मिलन सहित दिपक लिम्बु लगायत कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । हङकङको कार्यक्रम सकेर मिलन बेलायत जानेछिन् । तमु धी युकेको आयोजनामा हुने १६ औं ल्होच्छारको अवसरमा पनि उनले त्यहाँ आफ्नो प्रस्तुत दिनेछिन् । बेलायतमा उनको तीन वटा कार्यक्रम छन् ।

Loading...
For More videos Log on to Mazzako TV