आज वैशाख कृष्ण अमावस्या अर्थात् मातृ अमावस्या । नेपालमा आजको दिनलाई आमाको मुख हेर्ने दिनका रूपमा चिनिन्छ । यो दिनलाई अर्काे शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि समेत भनिन्छ । आजको दिन छोराछोरीहरू आफूलाई जन्म दिने आमाको मुख हेर्न आमा भएको ठाउँमा जान्छन् । मीठामीठा परिकार खुवाएर तथा उपहार दिएर आमालाई प्रसन्न बनाउँछन् ।

यसैबिच सामाजिक सञ्जाल आमाको ममताका बिषयमा धेरैकुरा देख्न सकिन्छ । नेपाली फिल्मकर्मीले पनि आफ्नी आमाको फोटो फेसबुकमा राख्दै आमाप्रति सम्मान व्यक्त गरिरहेका छन् । हेरै नेपाली कलाकारले कसरी सम्झिए आफ्ना आमालाई ।

Loading...
For More videos Log on to Mazzako TV