फिल्म ‘के म तिम्रो होइन र’ डेब्यू अभिनेत्री मरिष्का पोख्रेल अहिले व्यस्त सेड्यूलमा छिन् । उनले, फिल्ममा काम गरेको ग¥यै छिन् । दोश्रो फिल्म ‘चपली हाइट २’ पनि रिलिज भैसकेको छ । दुबै फिल्मले औषत व्यापार गरेपनि मरिष्कालाई फरक परेको छैन । उनको हातमा फिल्मको अभाव छैन । उनले, फिल्म ‘लम्फू’को पनि छायांकन सकाएकी छिन् । यसपछि, मरिष्काले फिल्म ‘मिस्टर भर्जिन’मा पनि काम गरिसकेकी छिन् ।

मरिष्काले अब नयाँ फिल्म ‘साली कस्को भेनाको’ छायांकन सुरु गरिसकेकी छिन् । यो फिल्मको चितवनमा मंगलबारबाट छायांकन सुरु भएको छ । मरिष्काले नै अभिनय गर्ने नयाँ फिल्म ‘पण्डित बाजेको लौरी’को मुहुर्त भैसकेको छ । मरिष्का ब्याक टू ब्याक फिल्ममा काम गरिरहेकी छिन् । फिल्मको अभाव नभएपनि के मरिष्का नोटिस भएकी छिन् त ? के दर्शकले उनलाई चिन्न थालेका छन् त ? यो भने मरिष्काले सोच्नु नै पर्ने हुन्छ ।

Loading...
For More videos Log on to Mazzako TV