फिल्म निर्माता माधव वाग्ले पक्राउ परेका छन् । उनीसहित, अन्य ५ जनालाई प्रहरीले राजधानीका विभिन्न स्थानबाट नक्कली नोट प्रकरणमा पक्राउ गरेको छ । प्रहरीले नक्कली नोट, नोट छाप्ने मेसिनसहित ६ जनालाई सार्वजनिक पनि गरेको छ । प्रहरीका अनुसार, वाग्लेको प्रोडक्सन हाउसबाट २ करोड ५२ लाख नक्कली नोट फेला परेको थियो । प्रहरीले वाग्लेलाई थुनामा राखेको छ ।

उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले बताएको छ । निर्माता माधव वाग्लेले पनि फिल्म छायांकनका लागि नोट बनाएको बयान प्रहरीलाई दिएका छन् । फिल्म ‘चंगाचेट’को छायांकनका क्रममा तयार पारिएको नक्कली नोटमध्ये केही रकम बजारमा पुगेपछि वाग्ले पक्राउ परेका हुन् । फिल्मका आर्ट डिरेक्टर मेनुका राइले सुदिप तामाङ भन्ने व्यक्तिलाई नोट बनाउन जिम्मा दिएका थिए ।

तर, सुदिपले बनाएको नोट मध्ये केही आफैसँग राखेर बजारमा पुर्याएपछि प्रहरीले पक्राउ गरेको हो । फिल्म ‘चंगाचेट’का निर्देशक दिपेन्द्र के खनालले फिल्मको टिमको एउटा व्यक्तिले गल्ती गर्दा निर्माता फसेको बताए ।

 

Loading...
For More videos Log on to Mazzako TV