दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘लभ लभ लभ’ को रसुवा जिल्लाको गोसाइकुँण्डमा रोमान्टिक सङ्ग खिचिएको छ । गोसाइकुँण्ड ताल सहित सुन्दर दृश्यमा नायिका स्वतिस्तमा खड्का र नव नायक सुरज पाण्डेले रोमान्स गरेका छन् ।

love-love-love-still3

४ हजार ३ सय ८० मिटर उचाईमा ९ दिन लगाएर खिचिएको यो गीतको खर्च मात्रै १२ लाख भएको निर्मात्री सर्मिला पाण्डेले दाबी गरेकी छन् । सुरेश राईको शब्द तथा संगीत रहेको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भन कोसिस क्षेत्रीले स्वर दिएका छन् ।

love-love-love-still1

बैशाख १ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लभ लभ लभ’ मा स्वस्तिमा र सुरज सहित रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए.गुरुङ, आयान खड्का र गणेश मुनाल लगायतको अभिनय रहेको छ । फिल्ममा गीत मात्रै चार वटा रहेका छन् । फिल्मका छायाँकार निरज कंडेलले हुन् । खर्च मात्रै १२ लाख दाबी गरिएको ‘लभ लभ लभ’ गीति भिडियो कस्तो होला त ?

love-love-love-still2

love-love-love-still

love-love-love-still4

Loading...

For More videos Log on to Mazzako TV