गोपिकृण्ण चापागाई, काठमाडौं- 
रेडियो अडियो प्रा.लि.को बरिष्ठ प्रबन्धक ( अप्रेशन म्यानेजर )तथा लायन्स क्लबअफ काठमाडौं मिरमिरेका कोषाध्यक्ष अमितचन्द्र अधिकारी तथा क्लबका सचिब सुरेन्द्र खनाल सहितको टोलीले गतहप्ता पर्सा जिल्लाको वगवानामा गा.वि.स.मा कम्मल तथा न्यालो कपडा वितरण गरेको छ ।9

जाडो मौसममा सितलहर बाट पिडित गरिब तथादलित परिवारलाई उक्तकम्मल तथान्यानो कपडा बितरण गरिएको थियो । नेपालको तराई जिल्लामा हरेक बर्ष जाडो मौसमका बेलामा सितलहरका कारण दर्जनौको ज्यानजाने गरेको छ । सितलहरकै कारण गरिब तथादलित परिवारका बालबच्चा तथा बृद्ध, अशक्तहरु सबैभन्दा बढी मारमा पर्दै आएका छन् ।

कम्मल तथा न्यानो कपडा बितरण गरिसकेपछि काठमाडौमा फर्किएका रेडियोेअडियोका अप्रेशन म्यानेजर तथा लायन्स क्लबअफ काठमाडौं मिरमिरेका कोषाध्यक्ष अमितचन्द्र अधिकारी भन्छन् यो त हाम्रो सानो प्रयास मात्रै हो । सक्नेले नसक्ने , हुने र नहुनेलाई सहयोग गर्ने भने कै अप्ठेरो परेका बेलामाहो । यसले नेपाली नेपालीको मनलाई अझ नजिक बनाएको महसुश मैले गरेको छु , अधिकारीले हामीलाई भने ।3 (2)

लायन्स क्लबअफ काठमाडौं मिरमिरेका सचिब सुरेन्द्र खनालका अनुसार, बगवानाको स्वास्थ्यचौकी तथा स्थानिय बिद्यालयमा भएको कम्मलतथा कपडा बितरण कार्यक्रममा सो गाबिस भित्र रहेकागरिब परिवार तथासितलहर पिडित हरुलाई दुईसय कम्मल बितरण गरीएको थियो । पछिल्लो समय पर्सामा भएको सितलहरले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको हुँदालायन्स क्लबअफ काठमाडौं मिरमिरेको बार्षिक कार्यक्रमअन्तर्गत कम्मल तथा न्यानो कपडा बितरण गरीएको हो ।4

साथै संस्थाका सचिव सुरेन्द्र खनालले यस संस्थाले आगामि दिनहरुमा पनि यस्तो सामाजिक कार्यगर्ने बताउनु भयो । साथमा कार्यक्रममा लायन्स क्लबअफ काठमाडौं जागृती र गोंगबुको पनि सहभागिता रहेको थियो ।
For More videos Log on to Mazzako TV