अभिनेत्री तथा सञ्चारकर्मी कृति भट्टराईले आफ्नै व्यावसाय सुरु गरेकी छिन् । उनले आफ्नै लगानीमा कफी सप खोलेकी छिन् । कृतिले गत शनिबार नयाँ बानेश्वरस्थित थापा गाँउमा एस्प्रेसो अर्गानिक क्याफको औपचारिक रुपमा उद्घाट गरिन् ।

rekha-kriti-ramkumari

कृतिको कफी सपको उद्घाटन अभिनेत्रीद्धय रेखा थापा, दीपाश्री निरौला र दुई महिला राजनीतिज्ञ रामकुमारी झाक्री र लक्ष्मी खतिवडाले उद्घाटन गरे । आ-आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेका महिला सहकर्मीबाट क्याफे उद्घाटन भएसँगै कृतिले यस पेशामा पनि आफुले सफलता हात पार्ने विश्वास व्यक्त गरिन् । ‘साँझपख चाहिं क्याफेमै बस्छु’ कृतिले भनिन् ।

rekha-kriti-ramkumari-deepashree‘विश्वास’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी कृति पछिलो एक दशकदेखि भने सञ्चारकर्ममा व्यस्त छिन् । उनले सुरु गरेको नयाँ व्यवसाय नाफामा जाओस् शुभकामना । कृतिसँग गरिएको मज्जाको गफ पनि हेर्नुस् :

 

Loading...
For More videos Log on to Mazzako TV