शुक्रबारबाट हल–हलमा लागेको फिल्म ‘कृ’ले मंगलबार शिवरात्रीको बिदामा राम्रो कमाई गरेको छ । फिल्मका मल्टिप्लेक्समा अधिकांश शो हाउसफूल देखिएका छन् । फिल्मले भोली परेको भ्यालेन्टाइन डेमा पनि गतिलो व्यापार गर्ने अनुमान गरिएको छ । फिल्मले ३ दिनमा ३ करोड भन्दा माथिको कलेक्शन गरेको छ । फिल्मको निर्माण कम्पनी सुवास इन्टरटेन्मेन्टले आधिकारिक व्यापार आँकडा सार्वजनिक गरेको हो । यो फिल्मले रिलिजको पहिलो दिन शुक्रबार राजधानीबाट ५१ लाख ११ हजार ६८६ र राजधानी बाहिरबाट ४४ लाख ५३ हजार ५ सय ६२ लाख कमाई गरेको छ । पहिलो दिन फिल्मले ९५ लाख ६५ हजार २ सय ४८ रुपैयाँ कमाई गरेको छ । दोश्रो दिन शनिबार फिल्मको कमाई बम्पर छ । राजधानीबाट ९४ लाख २४ हजार ३ सय ५१ र राजधानी बाहिरबाट ८३ लाख ४१ हजार ४ सय १२ गरि कुल १ करोड ७७ लाख ७ सय ६३ रुपैयाँ फिल्मले कमाई गरेको छ । आइतबार फिल्मको व्यापार केहि खस्किएको छ ।

फिल्मले आइतबार राजधानीबाट ३७ लाख २१ हजार ३ सय ३० र राजधानी बाहिरबाट २९ लाख ४७ लाख ३ सय ९५ रुपैयाँ गरि कुल ६६ लाख ६८ हजार ७ सय २५ रुपैयाँ फिल्मले कमाई गरेको छ । यसरि हेर्दा, फिल्मले ३ दिनमा करिब ३ करोड ४० लाख कमाई गरेको छ । मंगलबार र बुधबारको बिदाले फिल्मको व्यापारलाई फेरि केहि साथ दिनेछ । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मलाई सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेका हुन् । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी लगायतका कलाकारको फिल्ममा मुख्य भूमिका छ ।

 

Loading...
For More videos Log on to Mazzako TV