आगामी असोज २१ गते रिलिज हुने तयारी रहेको फिल्म ‘किङ’ ले रिलिज मितिलाई पछाडि सारेपछि यो मितिमा अर्को फिल्म ‘सुब्बा साब’ प्रदर्शनमा आउने भएको छ । रिलिज मिति घोषणासँगै फिल्मको फष्टलुक पनि सार्वजनिक गरिएको छ । असोज २१ मा छविराज ओझाले निर्माण गरेको फिल्म ‘किस्मत २’ पनि प्रदर्शनमा आउँदै छ ।

subba-sap

आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए । हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको फिल्ममा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी, दिपक ढकाल र जानवी बस्नेत लगायतको अभिनय छ । फिल्ममा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ ।

फिल्ममा हिरामणि न्यौपानेको कथा र संगीत, शर्मिला न्यौपानेको गीत, कमल राई र गोविन्द्र प्रभातको नृत्य निर्देशन रहेको छ भने मौनता श्रेष्ठले पटकथा तथा संवाद लेखेका छन् ।

Loading...

For More videos Log on to Mazzako TV