निकै लामो समयदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका सञ्चारकर्मी नारायण कडरिया केकीको माया प्रेममा चुर्लम्म डुबेका छन् । केकीलाई पारी जाँऊ, कसैले नदेख्ने गाँउमा भन्दै फकाउन ब्यस्त छन् उनी । गाँउकै स्कुल पढाउला, केही पैसा कमाउला, सुखसँग राखौला भन्दै केकीको मन जित्ने उनको प्रयासको त कुरौ नगरौं ।

यस्तै यस्तै प्रेमिल कथा बोल्छ गीतले । सञ्चारकर्मबाट गायकीमा पाईला चाल्दै गरेका कडरिया  ‘जाँऊ पारी’ बोलको गीतबाट नेपाली संगीत बजारमा देखा परेका छन् ।

गीत सुन्दा जति मिठो छ, भिडियो पनि उत्तिकै राम्रो बनेको छ । एक जोडीको सुन्दर मायालु सपना र कल्पनाको सानो संसार भिडियोमा देखाईएको छ । गायक स्वयंको शब्द संगीत रहेको यस गीतमा केकीसँग पर्दामा माया गास्न पनि उनी पछि परेका छैनन् ।

नविन बाबु गरुङ्ले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको यो भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

 

Loading...
For More videos Log on to Mazzako TV