अभिनेत्री करिश्मा मानन्धरले छोरी कविता मानन्धरले डेब्यू गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को टिजर रिलिज कार्यक्रममा लगाएको पहिरनले अहिले खुबै हंगामा मच्चाएको छ । करिश्माले लगाएको पहिरनको बिषयमा टिप्पणी आएपछि उनले फेसबुकमा आक्रोशित हुँदै टिप्पणी गरेकी छिन् ।

उनले आफूले लगाएको पहिरन झन्डै साता बर्ष पुरानो भएको र यो अधवैशे महिलाहरुले लगाउने लेखेकी छिन् । उनले, मानिसहरुको आँखामा खोइ के जडान गरेको हुन्छ भन्दै टिप्पणी गरेकी छिन् । आफ्नो छाक टार्नका लागि अरुको नैसर्गिक अधिकार नखोस्न पनि उनले आग्रह गरेकी छिन् ।

जस्तो उमेर भएपनि सुहाउनेले नै लगाउने हो भन्दै उनले नसुहाउनेले के गर्छन् भन्दै लेखेकी छिन् । करिश्माले लगाएको पहिरन छोटो भएपछि उनर्ला बस्न नै मुश्किल परेको थियो ।

Loading...
For More videos Log on to Mazzako TV