माघ १९ गतेबाट सार्वजनिक प्रदर्शनमा हुने फिल्म ‘शेरबहादुर’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मेनका प्रधान, कर्मा, रविन्द्र झा फिचरिङ छन् । सार्वजनिक गीतमा कोसिस क्षेत्रीको शब्द सङ्गीत र स्वर रहेको छ भने यस गीतमा मिना निरौलाले कोसिसलाई गीतमा साथ दिएकी छिन् ।


एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म ‘शेरबहादुर’ मा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा, जानबी बोहरा लगायतका कलाकारको अभिनय रहेको छ । धिराज प्रोडक्सनमा बनेका चलचित्रलाई आर राजवंशिले निर्देशन गरेका हुन् । वरिष्ठ छायांकार गौरीशंकर धुजु, धिराज राजवंशीको चलचित्रमा लगानी रहेको छ ।

Loading...
For More videos Log on to Mazzako TV