सगरमाथा आरोहणमा शेर्पाहरुको वीरताका कथा मण्डला थिएटरमा मञ्चन भइरहेको छ । अनामनगर स्थित मण्डला थिएटरमा ‘कालापत्थरमाथि’ नामक सगरमाथाको फेदका शेर्पाहरुको दुःख पिडाको वरिपरि घुमेको कथा मञ्चन भइरहेको हो । विशेष गरी जीवनस्तर उकास्न भरिया बनेर सगरमाथा चढ्दा ज्यान गुमाएका सयौं शेर्पाहरुको जीवन भोगाई कथामा उतारिएको छ ।

प्रदीप चौधरीले नाटक निर्देशन गरेका हुन् । चौधरीकै मञ्च परिकल्पना रहेको नाटकको मञ्च निर्माणमा वारात लिम्बू र जोनेन केसीले साथ दिएका छन् ।
नाटकमा दावाको भूमिका सन्तोष तामाङले, डोल्माको भूमिका निशा पाख्रिनले, छिरिङको भूमिका प्राश्ना डंगोलले र पेम्बाको भूमिका पत्रिका घिमिरेले निर्वाह गरेकी छिन्।

यसैगरी, लामाको भूमिकामा वारात गुरुङ, दोर्जेको भूमिकामा विकास घिसिङ, लाक्पाको भूमिकामा सञ्जीव राई देखिएका छन् भने पुष्कर कार्की, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ र बालकृष्ण खत्री आरोही बनेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV