भारतीय सुपरस्टार रजनीकान्त अभिनित नयाँ फिल्मको रिलिज मिति तय गरिएको छ । फिल्म ‘काला’ २७ अप्रिलमा फिल्म प्रदर्शनमा आउने फाइनल भएको हो । निर्माता धनुषले ट्विट गर्दै अप्रिल २७ मा फिल्म प्रदर्शनमा आउने उल्लेख गरेका छन् ।

अब यस वर्ष उनका दुई वटा फिल्म रिलिजको हुने भएका छन् । रजनीकान्त का ‘२.०’ र ‘काला’ यो वर्ष रिलिज हुने छन् । फिल्म ‘काला’ मा रजनीकान्त डनको रुपमा देखिएका छन् । सर्वसाधारणमाथि अत्याचारको विरुद्धमा उनले यस्तो डन पात्रको भूमिका निर्वाह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

फिल्ममा रजनीकान्तसँगै नाना पाटेकर, अञ्जली पाटिल, अरविन्द अकाश लगायत कलाकारहरुको अभिनय छ ।

Loading...
For More videos Log on to Mazzako TV