बलिउडमा अभिनेत्री विद्या बालन बिहेपछि हराए जस्तै छिन् । राष्ट्रिय पुरस्कारसम्म जितेकी विद्यालाई लिएर अहिले फिल्म मेकरहरु फिल्म बनाउन तम्सिन्नन् ।
bidya-balan-hotतर, उनी अभिनित फिल्म ‘कहानी २’ भने आजबाट विश्वभर रिलिज भएको छ । भारतमा नोटबन्दीको असर फिल्ममा पनि परिरहेको समयमा विद्याको यो फिल्मले कत्ति कमाउँछ भन्ने प्रतिक्षा पनि छ ।

विद्या अभिनित फिल्म ‘कहानी’ले बक्स अफिसमा राम्रो कमाई मात्र गरेको थिएन, उनलाई थुप्रै अवार्ड पनि जिताएको थियो ।

उनै विद्याले फिल्म ‘कहानी’को तुलना ‘कहानी २’साग गर्न नसक्ने बताएकी छिन् । ‘कहानी’ र ‘कहानी २’ सिक्वेल भएको दर्शकको धारण छ । तर, विद्या यो फिल्म एउटा सस्पेन्स कथामा बनेको बताउँछिन् ।

अभिनेता अर्जुन रामपालले एउटा समस्या समाधानका लागि लागिपरेको कथामा यो फिल्म आधारित छ ।

Loading...
For More videos Log on to Mazzako TV