बलिउड अभिनेत्री ज्याक्लीन फर्नान्डीज फिल्म ‘रेस ३’ को सुटिङमा ब्यस्त रहेकी छिन् । यो फिल्ममा ज्याक्लीनले अभिनेता सलमान खान सँग रोमान्स गर्दैछिन् । सलमान सँग ज्याक्लीनले एकसाथ काम गरेको यो दोश्रो फिल्म हो । यसअघि बलिउड फिल्म ‘किक’ मा एकसाथ काम गरेको यो जोडीले दोस्रो पटक काम गर्न पाउँदा निकै खुसी लागेको ज्याक्लीन बताउँछिन् ।  उनले हालै सामाजीक सञ्जालमा फोटो पोष्ट गरिन् उक्त फोटोले निकै चर्चा पायो । उनले पोलमा एक हातले अड्डिएर शशिरलाई तेर्साे पारेर राखेको फोटो पोष्ट गरेकी थिइन् । उक्त फोटो निकै भाइरल भयो ।

ज्याक्लीनले ‘रेस’ र ‘रेस २’ मा समेत काम गरेकी थिइन् भने ‘रेस ३’ मा पनि काम गरेकी हुन् । फिल्ममा ज्याक्लीनसंगै अभिनेत्री डेजी शाह पनि मुख्य भुमिकामा छिन् । रेमो डिसुजा निर्देशित फिल्म ‘रेस ३’ २०१८ मा रिजिल हुने छ ।

Loading...
For More videos Log on to Mazzako TV