क्यानेडियन पप गायक जस्टिन विवर मंगलबार बेलुकी मात्र भारत आइपुगे । उनी वुधबार मुम्बइमा आयोजना हुन लागेको भव्य कन्सर्टमा सहभागी हुँदैछन् ।

उनी मंगलबार बेलुकी मुम्बई आइपुग्दा उनका फ्यानले १० घन्टा कुरेर उनको स्वागत गरेका थिए । उनै, जस्टिन भारत आउनुपूर्व दुबइमा थिए । उनी, अहिले विश्वभर सांगीतिक यात्रामा दौडिएका हुन् ।

२३ बर्षका चर्चित यूवा गायकको एउटा तस्बिर अहिले भाइरल भैरहेको छ । दुबइमा उनी एक विकिनी यूवतीसँग देखिएका छन् । जस्टिन आफैले यी तस्बिरहरु इन्स्ट्राग्राममा शेयर गरेका हुन् । उनको अहिले २० बर्षकी अभिनेत्री हैली स्टेनफिल्डसँग प्रेममा रहेको चर्चा छ ।

Loading...
For More videos Log on to Mazzako TV