अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको फिल्म ‘ए मेरो हजुर २’ को प्रदर्शन मिति तय भएको छ । यही वर्षको चैत १८ गतेदेखि आफ्नो फिल्म प्रदर्शनमा आउने टुङ्गो भएको  निर्माता सुनिल कुमार थापाले बताए । ‘माघको पहिलो सातादेखि हामी तिव्र प्रचार थाल्नेछौं’ निर्माता थापाले बताए ।

jharna-thapa

काठमाण्डौं, पोखरा र मनाङमा पचपन्न दिन लगाएर छायाँकन गरिएको फिल्म ‘ए मेरो हजुर २’ को हाल सम्पादन कार्य भैरहेको छ । तर थापा दम्पत्ती भने यसै साता अमेरिका उड्दैछन् । किन त ? ‘घुमघामको लागि मात्रै हो’ बुधबार आयोजित पत्रकार भेटघाटमा उनीहरुले भने, ‘एक महिनाको घुमघामपछि काममा लाग्छौं ।’

स्व.शिव रेग्मीको निर्देशनमा स्व.श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री झरना थापाको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’ को सिक्वेलमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव नायक सलिनमान बाँनियाको मुख्य भूमिका रहेको छ । । अभिनय नगरेर निर्देशनको अभिभारा सम्हालेकी झरनाले ‘ए मेरो हजुर २’ राम्रो बनेको र दर्शकलाई मन पर्ने बताइन् ।

Loading...

For More videos Log on to Mazzako TV