फिल्म ‘जय शम्भु’को प्रदर्शन मिति तय गरिएको छ । फिल्मलाई भदौ १ गतेबाट रिलिज गर्ने तयारीका साथ काम अघि बढाइएको छ । फिल्मलाई गोपाल कायस्थ र एफडी कम्पनीले वितरण गर्ने पनि फाइनल भएको छ । यो फिल्ममा अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र बर्षा सिवाकोटी मुख्य भूमिकामा छन् ।

फिल्ममा अनुप विक्रम र प्रशान्तको द्धन्द्ध देखाइनेछ । रुपेश तामाङको निर्देशनमा बनेको फिल्मको बजेट महंगो भएपछि यसको छायांकन विचमा रोकिएको पनि थियो । फिल्मलाई अरविन्द्र शाक्यले निर्माण गरेका हुन् । फिल्ममा हरि लामाको छायांकन छ ।

फिल्मको क्लाइमेक्स खिच्नकै लागि २५ लाख भन्दा बढी खर्च गरिएको दाबी यसका निर्माताले गरेका थिए । काठमाण्डौ र अन्नपूर्ण बेशक्याम्पमा फिल्मको छायांकन भएको छ । द्धन्द्ध र प्रेमलाई बुनेर फिल्म तयार गरिएको छ ।

Loading...
For More videos Log on to Mazzako TV