स्वर्गिय बलिउड अभिनेत्री श्रीदेवी आफ्नो जमानामा चर्चित र सम्म्मानित थिइन् । तर उनकी छोरी को पहिलो चलचित्र रिलिज सङ्गै आलोचना को सिकार बनेकी छिन्, । उनी भाग्यमानी यस अर्थमा थिइन् कि कहिल्यै ट्रोलरहरुको निशानामा पर्नु परेन । किनकी उनको पालामा सामाजिक सञ्जाल नै थिएन ।तर, उनकी छोरी त्यति भाग्यमानी छैनन् । बलिउडकी नव अभिनेत्री जान्भी कपुर अत्यधिक ट्रोल हुन थालेकी छन् । खासगरी उनको ड्रेसअपलाई ट्रोलरहरुले निशाना बनाउँछन् ।

हालै मात्र जान्भीको एउटा तस्वीर सार्वजनिक भयो । तस्वीरमा उनी आफ्नो जिमखाना बाहिर देखिएकी छिन् र जिमवेयर लगाएकी छन् । उनको टिशर्टले तलको कट्टु छोपिएको छ र झट्ट हेर्दा तल केही पनि लगाएकी छैनन् कि भन्ने भान पर्छ ।

यो तस्वीरमाथि सामाजिक सञ्जालमा निकै घृणित प्रतिक्रियाहरु आइरहेका छन् जसले जान्भीलाई विचलित बनाएको छ । नयाँ नयाँ भएकाले उनी ट्रोल फेस गर्न त्यति अभ्यस्त छैनन् । ट्रोल कसरी फेस गर्ने भनेर उनले आफ्नो गड फादर करण जौहरसित हालै छलफल पनि गरेकी थिइन् । जौहरले उनलाई भनेका थिए, ‘ट्रोलको सामना गर्ने सबैभन्दा राम्रो तरिका भनेको तिनीहरुलाई बेवास्ता गर्नु हो ।’

तर, त्यस्तो तिप्पणीले जान्भी निकै प्रभाबित बनेकी छिन्। सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीले निकैनै नराम्रो लग्ने बताएकि छिन् ।

For More videos Log on to Mazzako TV