‘हारे आज’, प्रेम वियोगको कथा (भिडियो)
चर्चित गायक गायक हेमन्त शर्माले नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनले ‘हारे आज’ बोलको गीत हालै सार्वजनिक गरेका हुन् । यस अघिका गीतहरुमा भन्दा यो गीतमा दर्शक, स्रोताले फरक स्वाद चाख्न पाउँने छन् । रोमान्टिक गीत धेरै गाउँने शर्माले ‘हारे आज’ गीतमा भने प्रेम वियोगको कथा समेटेका छन् । गीतको म्यूजिक भिडियोमा भने प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई जोडीका रुपमा प्रस्तुत गरिएको छ ।
सुरज सिंह ठकुरीले निर्देशन गरेकोे म्यूजिक भिडियो गायक शर्माको अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । बि.बि अनुरागीको संगीत रहेको उक्त गीतको शब्द मणिराज बस्नेतको हो । भिडियो हेर्नुहास :
For More videos Log on to Mazzako TV