नेपाली फिल्म क्षेत्रका चर्चित हाँस्य अभिनेता हरिवंश आचार्यले आफू निर्मित तथा अभिनित फिल्म ‘सत्रु गते’को सेटमा नै आफ्नो जन्मदिन मनाएका छन् । हरिवंशले आफ्नो ६० औ जन्मदिन भक्तपुरमा रहेको रोज भिलेजमा मनाएका हुन् । हरिवंशलाई शुभकामना दिनका लागि हाँस्य कलाकारहरुको बाक्लो उपस्थिती थियो ।

रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा हाँस्य कलाकारहरु सिताराम कट्टेल, केदार घिमिरे, शिवहरि पौडेल, राजाराम पौडेल,किरण केसी, बसुन्धरा भुषालको साथमा महका म मदनकृष्ण श्रेष्ठको उपस्थिती थियो । पत्रकारहरुको समेत बाक्लो उपस्थिती रहेको सेटमा हरिवंशले केक काट्दै खुशी साटे ।

उनलाई सम्पूर्ण हाँस्य कलाकारहरुले शुभकामना समेत दिएका थिए । हरिवंशले यसरी जन्मदिन मनाइरहँदा आफूलाई ६० बर्षको नभई १६ बर्षको जस्तो लागेको र केटाकेटी जस्तै फुर्कन मन लागेको बताए । उनलाई श्रीमति रमिलाले स्विटर र छोरा मोहितले आइफोन सेभेन प्लस गिफ्ट दिएका थिए ।

Loading...
For More videos Log on to Mazzako TV