मिलन चाम्स निर्देशित फिल्म फिल्म ‘ह्याप्पी डेज’ को लण्डनको ग्राण्ड प्रिमियर गरिएको छ । यूकेको प्रिन्सेस हलमा आयोजित प्रिमियर शोमा निर्देशक चाम्स, सहित नायिका प्रियंका कार्की, नायक प्रदीप खड्का र नायिका दिया पुन  प्रिमियरमा सहभागी भए । प्रिमियरमा ‘ह्याप्पी डेज’ लाई दर्शकले रुचाएको निर्माता समेत रहेका चाम्सले जानकारी दिए ।

 करिब पाँच सय दर्शकले फिल्म हेरेको निर्देशक चाम्सको भनाई छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ता मुख्य भूमिकामा रहेको फिल्म ‘ह्याप्पी डेज’ नेपालमा माघ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँनेछ ।

Loading...
For More videos Log on to Mazzako TV