अभिनेत्री रेखा थापाको नयाँ फिल्म ‘मालिका’ को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रेखाकै अभिनय, निर्माण तथा निर्देशन रहेको फिल्मको ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको छायांकन जाजरकोट दरबार परिसरमा गरिएको छ ।

कोरियोग्राफर रामजी लामिछानेले अभिनेत्री रेखा थापा र १ सय भन्दा बढ कोरसलाई नृत्य गराएका छन् । अञ्जु पन्तको आवाज रहेको गीतमा धनगडीमा देखी धरान सम्म रेल आउने साथै कर्णालीको फूलको बयान गरिएको छ । नर कार्कीको शब्द रहेको गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् ।

फिल्म यस वर्षको लक्ष्मीपूजामा रिलिज हुँदैछ । रामशरण उप्रेतीको छायांकन रहेकोे फिल्मे ‘मालिका’ मा रेखा थापा र जाजरकोटकी कमला वलीको मुख्य भूमिका छ । शिवम अधिकारीको लेखन पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । नर कार्की फिल्मका कार्यकारी निर्माता समेत हुन् भने निर्मातको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् ।

For More videos Log on to Mazzako TV