अभिनेत्री बर्षा सिवाकोटी बाहिरिएर बर्षा राउत भित्रिएसँगै चर्चामा रहेको गोपी फिल्ममा अब फेरि कलाकार फेरिएका छन् । यो फिल्मको शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछानेले काम गर्ने पक्का थियो । तर, अब छायांकन हुनुभन्दा ५ दिन अगाडि नै हिरो फेरिएका छन् ।

हिरो फेरिएसँगै अब यसमा विपिन कार्कीको प्रवेश भएको छ । भदौ ३ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । मंगलबार पत्रकार सम्मेलन गर्दै यसका निर्माताले कलाकार फेरिएको जानकारी दिएका हुन् । मुख्य भूमिकामा अनुवन्धित भएपछि विपिनले कथा मन परेकाले आफू काम गर्न तयार भएको बताए ।

अभिनेत्री बर्षा राउतले भने फिल्ममा आफ्नो भूमिका कमजोर नरहेको बताइन् । यसमा सुरक्षा पन्तको पनि मुख्य भूमिका छ । श्रीधर पौडेल कार्यकारी निर्माता रहेको सिनेमाको लेखन सामिप्यराज तिमिल्सिनाले गरेका हुन् ।

फोटो सापटी : बिवेक बस्याल

 

For More videos Log on to Mazzako TV