यस वर्षको दिपावलीको अवसरमा रिलिज भएको बलिउड स्टार अजय देवगनको फिल्म ‘गोलमाल अगेन’ ले २ सय करोडको नजिकको ब्यापार गरेको बलिउड बक्स अफिसमा उल्लेख छ । फिल्मको विजनेश अझै ओरालो लाग्ने छाँटकाट देखिएको छैन । ‘गोलमाल अगेन’ ले दोस्रो हप्तामै करिब दुई सय करोडको खातामा आफ्नो नाम लेखाउने पक्का देखिएको छ ।

‘गोलमाल अगेन’ यो वर्षको ’बाहुबली २’ पछि दोस्रो हिट फिल्म बनेको छ । फिल्मलाई रोहित शेट्टीले निर्माण गरेका हुन् । यो फिल्म नै अजयको अहिले सम्मको सबैभन्दा हिट फिल्म समेत बनेको हो । फिल्ममा यस पटक हरर कमेडीले दर्शकलाई निकै मनोरञ्जन दिएको छ । फिल्ममा अजय देवगन, कुणाल खेमू, अरशद वारसी, तुषार कपूर, श्रेयष तलपडे, तब्बू र परीणीति चोपडा मुख्य भूमिकामा छन् । यो फिल्मको सफलतापछि रोहित शेट्टी ’फिर गोलमाल’ बनाउने तयारीमा जुटेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV