फिल्म ‘उत्सव’ र ‘गाजलु’ मा जोडी बाँधेका कलाकारद्वाय गौरव पहारी र मेनुका प्रधानले फेरी पनि सँगै स्क्रिन सेयर गरेका छन् । तर फिचर फिल्ममा होइन, म्युजिक भिडियोमा उनीहरुले फेरी पनि जोडी बाँधेका हुन् । हेमन्त राणाको नयाँ गीत ‘साइँली ए साँइली’ बोलको गीतमा गौरव र मेनुकाको जोडीलाई देख्न पाइनेछ ।

gaurav-hemanta-menuka

कालिप्रसाद बाँस्कोटाको संगीत तथा शब्द रहेको उक्त गीतको गौरव र हेमन्तको जिएच इन्टरटेनमेन्टबाट भिडियो खिच्ने कार्य भैरहेको छ । भिडियाको सह निर्देशन किशोर भट्टले गरिरहेका छन् । काठमाण्डौंपछि दुबईमा भिडियो खिचिने गौरवले बताए । यसको लागि आफु, हेमन्त र क्यामेरा पर्सन उज्जवल जोशी दुबईतर्फ जाने समेत गौरवले बताए ।

music-video-team

भिडियोपछि आफ्नो कम्पनीले छिट्टै फिल्मको काम पनि थाल्ने गौरवले बताए । यस बारे औपचारिक कार्यक्रम गरेर नै जानकारी गराउने गौरव योजना छ । म्युजिक भिडियो भने दुबईको छायाँकन गरेपछि रिलिज हुनेछ ।

Loading...
For More videos Log on to Mazzako TV