सामाजिक सञ्जालमा रातो नम्बरको आतङ्क फैलाउने गायिका प्रशन्ना पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

prasna-pande

मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेष गरी फेसबुक र ट्वीटरमा प्रचार गर्ने पाण्डेलाई पक्राउ गरेको हो ।  रातो नम्वरबाट फोन आउँदा धेरै डर लागेको र सबैलाई सतर्क हुन भन्दैं फेसबुकमा स्टाटस अपडेट गरेपछि गायिका प्रहरीसम्म पुगेकी थिइन् । यसअघि झापा घर भएकी पप गायिका प्राश्ना पाण्डेले सोमबार आफ्नो फेसबुक एकाउण्टमा एक रातो नम्वरबाट कल आएको र सबैलाई सतर्क रहन भन्दै स्टाटस अपडेट गरेकी थिइन् ।
उनले उक्त स्टाटसमा आफ्नो मोबाइलको रातो नम्वरबाट कल आएको स्क्रीन सट पनि राखेकी थिइन् (अहिले डिलेट गरि सकिएको छ ।) केही दिन यता रातो नम्वरबाट फोन आएमा खतरा हुने हल्ला चलिरहेका बेला गायिकाले नै यस प्रकारको स्टाटस शेयर गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले उनी माथि अनुसन्धान थालेको थियो ।

साभार : सेतोपाटी डटकम

Loading...

For More videos Log on to Mazzako TV