संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बच्चा बेलामा गरिने मज्जाको पल सम्झाउँने ‘धान कुटी मकै भुटी’ बोलको गीतको म्यूजिक भिडियो हालै युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतमा एस.डि योगीको संगीत र श्रुती योगीलाई संगीतकार योगीले नै स्वरमा साथ दिएका छन् ।

निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा भिमफेदी गाईज र बेबो आचार्य फिचरिङ छन् । ज्ञानेन्द्र शर्माको छाँयाकन रहेको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियोलाई चन्द्र गौतमले निर्माण गरेका हुन् ।

 

Loading...
For More videos Log on to Mazzako TV