पार्कर खेलाडी दिनेश सुनार गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दुई पटक आफ्नो नाम लेखाएका छन् । पार्कर विधामा ‘द मस्ट ब्ल्याक ट्वीस्ट वाल’ इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गरेर दुई पटक रेकर्ड राखेका हुन् ।

हाल नेपाल शसस्त्र प्रहरी बल खेलकुद शाखामा राष्ट्रिय जिम्न्यास्टिक एण्ड पार्कर खेलाडीको रुपमा कार्यरत छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको सर्टिफिकेट सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका पुर्व आई.जी.पी.सनत कुमार बस्नेत उपस्थिती रहेको थियो । पार्कर दिनेशलाई प्रोत्साहन स्वरूप प्रभात पश्मिना उद्योगका संचालक अमरेन्द्र मण्डल र रञ्जु रायमाझीको तर्फबाट नगद एक लाख प्रदान समेत गरियो । उक्त कार्यक्रममा पार्करको विषयवस्तुमा केन्द्रित रहेर चलचित्र निर्माणको घोषणा पनि गरियो ।

चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहनेछन् । चलचित्र निर्देशक मिलन च्याम्सले उक्त निर्माणाधीन चलचित्रका लागि दश लाख बराबरको इक्यूपमेन्ट सहयोग गर्ने घोषणा गरे ।

Loading...
For More videos Log on to Mazzako TV