लामो समय देखि नेपाली फिल्म क्षेत्रको श्रीबृद्धिको लागी अभिनेता दीलिप रायमाझीको ठूलो योगदान रहेको छ । डान्स गर्न जान्ने नायकको रुपमा परिचित दीलिप रायमाझीले नेपाली फिल्ममा एकछत्र राज गरे । पछिल्लो समयमा भने उनका फिल्मको संख्या कम भएको छ । कहिले अमेरीका त कहिले नेपाल बस्दै आएका नायक दीलिपको लामो समयको अन्तराल पछि फिल्म ‘गोरे’ रिलिज हुन लागेको छ ।  

‘गोरे’ मा दीलिपले शिर्ष भुमिका निर्बाह गरेका छन् । गाउँले परिवेश देखि शहरीया परिवेश सम्मको क्यारेक्टर अथवा सोझो गोरे देखि स्मार्ट गोरे सम्मको अभिनय उनले फिल्म गोरेमा गरेका छन् । चलचित्रको कथा दीलिपकै लागी लेखिएको र यस्तो क्यारेक्टर उनि बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राई बताउछन् ।
यहि मंसीर २९ गते देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘गोरे’ मा दीलिपको साथमा अनु शाह, राकेश कुमार राई, गुनु घर्ति लगायतको अभिनय छ ।
सुर्य जिसिको प्रस्तुती एव रुपा जिसिको निर्माण रहेको फिल्मलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी घायलको रहेको छ । फिल्मको संगीत बिकाश चौधरीको रहेको छ ।

Loading...
For More videos Log on to Mazzako TV