फिल्म ‘शत्रु गते’ आजबाट रिलिज भयो । फिल्म हेर्न हलमा दर्शकको चाप राम्रै छ । सिंगलमा भन्दा मल्टिप्लेक्समा दर्शक बढी आएका छन् । फिल्मको आज प्रेश शो पनि आयोजना गरियो । प्रदिप भट्टराई निर्देशित यो फिल्ममा जम्बो कलाकार छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकार छन् ।

जम्बो कलाकारको टोली सबैको काम राम्रो छ । फिल्ममा पटकथाकार दीपकराज गिरीको कामलाई भने अझै मज्जाको तारिफ मिलेको छ । फिल्मको सुरुवातदेखि अन्त्यसम्म नै दीपकको वरिपरी फिल्म घुमेको छ । फिल्मले सुरुवातदेखि अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको कथालाई उठान गर्छ ।

तर, दीपकको प्रवेश भएपछि अरु कलाकार त कताकता छायाँमा परे महसुस हुन्छ । कलाकार दीपकराज गिरीले आफ्नो भूमिका रुचाइएको भन्दै खुशी व्यक्त गरेका छन् ।

For More videos Log on to Mazzako TV