नेपाल चलचित्र समिक्षक समाजले ३ बर्षको ‘क्रिटिक्स अवार्ड’ एकै पटक वितरण गरेको छ । छोटो कार्यक्रमको आयोजना गर्दै वुधबार अवार्ड वितरण गरिएको हो । अवार्ड कार्यक्रममा अभिनेत्रीहरु केकी अधिकारी, प्रियंका कार्की, रञ्जिता गुरुङ उपस्थित थिए । यस्तै, अभिनेता सौगात मल्ल र विपिन कार्की पनि अवार्डमा सहभागी भए ।

समाजका अध्यक्ष यज्ञसले आफूहरुले कुन फिल्मलाई समिक्षकले उत्कृष्ट भनेका छन् भन्ने देखाउन यो अवार्ड गर्ने गरेको बताए । यस्तै, कार्यक्रमका प्रमुख अतिथी निर्देशक यादव खरेलले राष्ट्रिय चलचित्र नीति पारित गर्नका लागि भूमिका खेल्न संचारकर्मीहरुसँग आग्रह गरे । ३ बर्षको अवार्ड कुन कुन फिल्म र फिल्मीकर्मीले पाए, यहाँ प्रस्तुत गरिएको छः

२०७३ :
फिल्म : कालोपोथी
निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
पटकथा : मीनबहादुर भाम, अविनाश विक्रम शाह (कालोपोथी)
सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
छायांकन : अजिज जाम्बाकिभ (कालोपोथी)
अभिनेता : विपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री : केकी अधिकारी (लभ सासा)

२०७२ :
फिल्म : पशुपति प्रसाद
निर्देशक : दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद)
पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
सम्पादन : सुरेन्द्र पौडेल (क्लासिक)
अभिनेता : सौगात मल्ल (फन्को)
अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१ :
फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायांकन : ओन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनीष शाह र मिलन श्रेष्ठ (ताण्डव)
पार्श्व संगीत: जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

For More videos Log on to Mazzako TV