नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत सार्वजनिक भएको छ । बिशाल भण्डारीको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मको ‘सि ओेडब्लु काउ’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनराजलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । लोक, पप र आधुनिक फ्लेवर मिश्रण गीतको भिडियोमा नायिकाद्वय केकी अधिकारी र रीमा विश्वकर्मासँगै कलाकारद्वय विनोद न्यौपाने र गम्भीर विष्ट प्रस्तुत छन् ।

‘कोहलपुर एक्सप्रेस’ मा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीसँगै अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाको संगीत छ । केकीका अलावा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् । शान बस्नेतको कथा, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहेको फिल्म बैशाख १४ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV