Congress party officeकाठमाडौं ।पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि बसेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले जारी जिल्लाहरुको अधिवेशनलाई फागुन १ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । केही जिल्लामा हिजै अधिवेशन सम्पन्न भइसके पनि कतिपय जिल्लामा जारी छ ।

बैठकले सभापति कोइरालाको निधनको तीन दिन शोक मनाउने तथा १३ दिन पार्टी कार्यालयमा झन्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ । कार्य समितिले महाधिवेशन सार्ने विषयमा भने कुनै निर्णय गरेको छैन । महाधिवेशन नै भने नसर्ने र आवश्यक परे १–२ दिन तलमाथि हुनसक्ने केन्द्रीय सदस्य डा। रामशरण महतले जानकारी दिए।

बिधानले नै सभापतिको निधन भएमा उपसभापति स्वतल : कार्यबाहक सभापति हुने व्यवस्था गरेकाले यसका लागि थप निर्णय गर्नुनपर्ने पनि उनले बताए । आजको बैठक पौडेलको सभापतित्वमा बसेको थियो ।

Loading...

For More videos Log on to Mazzako TV