राजधानीमा इ–टिकेटिङ लागू भएका हलहरु आजदेखि बक्स अफिस सर्भरमा जोडिएका छन् । बक्स अफिस सर्भर काठमाण्डौको थापाथलीमा रहेको सुविसीको अफिसमा राखिएको छ । सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सो सर्भरको उद्घाटन गरेका छन् । फागूण १ गतेबाट इ–टिकेटिङ लागू भएका हलहरुको एकमुष्ट कलेक्शन निर्माताले पाउने छन् । वैशाख १ गतेबाट भने राजधानीका अन्य हलमा इ–टिकेटिङ जडान भैसक्नेछ । चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदयले आफूहरु कहिल्यै पनि बक्स अफिसको विरोधमा नरहेको बताए । उनले, पहिले तयार पारिएको बक्स अफिसको मोडल आफूहरुलाई निरुत्साहि गर्ने हेतुले तयार पारिएकाले नमानेको बताए ।

बक्स अफिस कार्यन्वयन समितीमा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन संयोजक छन् भने चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र केहि प्राविधिकहरु छन् । माघ १ गतेसम्म काठमाण्डौ बाहिरका हलमा इ–टिकेटिङ जोड्ने तयारी विकास बोर्डको छ । बोर्डमा निकिता पौडेल अध्यक्ष भएर आएसँगै यो कामले गति पाएको छ ।

Loading...
For More videos Log on to Mazzako TV