तीन बर्षको प्रेम अनि डेटपछि २०१७ डिसेम्बरमा बिवाह बन्धनमा बाँधिएका बिराट कोहली र अनुष्का शर्मा बलिउडको एउटा आर्दश प्रेम जोडीको रुपमा चिनिन्छ । निकै तामझामको साथमा बिवाह गरेको यो जोडी आफ्नो रिलेसनलाई सधै प्रेमिल बनाईरहेको उनीहरुको अन्तरवार्ता र सामाजिक सञ्जालको पोष्टहरु हेर्दा प्रष्ट हुन्छ ।

बिराटले भर्खरै इन्टाग्राममा अनुष्कासँगको तस्वीर पोष्ट गर्दै लेखेका छन् “Chilling and how!”


त्यस्तै अनुष्का शर्माले पनि आफ्नो रोमान्टिक तस्वीर सेयर गरेको छिन् । बिराटलाई गालामा चुम्बन गर्दै गरेको यो तस्वीरले निकै राम्रो प्रतिक्रया पाईरहेको छ ।


अनुष्का यतिबेला उनको आगामी चलचित्र ‘सुई धागा’लाई लिएर निकै उत्साहित देखिन्छिन् । ‘सुई धागा’मा उनले बरुन धवनसँग स्क्रिन सेयर गरेकी छिन् । त्यस्तै उनको लाईन्ड अपमा ‘जिरो’ पनि छ, जहाँ उनी साहरुख खान र कैटरिना कैफसँग देखिनेछिन् । यि तीन जनालाई दर्शकले ‘जब तक है जान’मा सँगै देखिईसकेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV