अभिनेता अनमोल केसी अहिले फिल्म ‘कृ’को छायांकनमा व्यस्त छन् । तर, यी अभिनेता फिल्म ‘कृ’ लगतै अर्को फिल्मको छायांकनमा जानेछन् । फिल्म ‘ड्रिम्स’ पछि अनमोलले होम प्रोडक्शन भन्दा बाहिरका २ वटा फिल्म गरे । हुनत, फिल्म ‘कृ’मा अनमोलकै होम प्रोडक्शनको पनि लगानी छ ।

फिल्म ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ । यो फिल्म रिलिज लगतै अनमोल नयाँ फिल्मको छायांकनमा व्यस्त हुनेछन् । यो फिल्मलाई निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा अभिनेता भूवन केसीले नै यो फिल्म निर्माण गर्नेछन् ।

फिल्मको अहिले लेखक सामिप्यराज तिमिल्सिनाले धमाधम कथा लेखिरहेका छन् । कथा राम्रो रहेको भन्दै अभिनेता केसी पनि उत्साहित रहेको सामिप्य बताउँछन् ।
फिल्मको छायांकन फागुण १० गतेबाट सुरु गर्ने योजना छ । आउँदो बर्षको भदौमा फिल्म रिलिज गरिनेछ ।

Loading...
For More videos Log on to Mazzako TV