अभिनेता रमेश वुढाथोकी अब पर्दामा लासको पोष्टमार्टम गर्दै गरेको अवस्थामा देखिनेछन् । सार्वजनिक फिल्म ‘भूइँमान्छे’को ट्रेलरमा उनको यस्तो अवतार देखाइएको छ ।

काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै लास चिर्ने एक व्यक्तिको कथामा निर्माण भएको फिल्मको ट्रेलर रिलिज गरिएको हो । यो फिल्ममा रमेशको साथमा भलिबल खेलाडी सिपोरा गुरुङ मुख्य भूमिकामा छन् ।

फिल्मको ट्रेलरमा अभिनेत्री सिपोरालाई एक्सन लेडीको रुपमा देखाइएको छ । यस्तै, रमेश भने पोष्टमार्टम गर्ने ‘भूइँमान्छे’को भूमिकामा देखिएका छन् । यो फिल्मलाई नवराज वुढाथोकीले निर्देशन गरेका हुन् ।

फिल्ममा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ भने रोहिणी भट्टराई यसका कार्यकारी निर्माता हुन् ।

For More videos Log on to Mazzako TV