बलिउडमा आजसम्म एउटा पनि फिल्म असफल नदिने अभिनेता हुन्, बरुण धवन । जसले अभिनय गरेको ‘स्टूडेन्ट अफ द इयरदेखि बद्रिनाथ कि दुल्हनिया’सम्म सबै फिल्म हिट छन् ।

उनै, बरुणले बलिउडमा सफलताको बिन्दु मानिएको सय करोड क्लबमा ह्याट्रिक गरेका छन् । उनी अभिनित फिल्म ‘दिलवाले र एबीसीडी २’ले यस अगाडि सय करोड कमाई सकेका छन् । अब, उनको पछिल्लो रिलिज फिल्म ‘बद्रिनाथ कि दुल्हनिया’ले पनि सय करोड कमाई गरेको छ ।

यो फिल्मले सय करोड कमाई गरेपछि बरुण हिट मेसिनको रुपमा गनिएका छन् । फिल्ममा उनको जोडीको रुपमा आलिया भट्ट देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV