संचारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको सिनेमा बकम्फुसे राजाको छायांकन फागूण १३ गतेबाट सुरु हुने भएको छ । सिनेमाको आज दशैको पहिलो दिन घोषणा कार्यक्रम गर्ने तयारी गरिएको थियो । तर, प्रकाशले चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधनले कार्यक्रम आयोजना गर्न नसकेको बताएका छन् ।

उनले, सिनेमाको सम्पूर्ण जानकारी छायांकनको दिनमा नै दिने पनि बताएका छन् । तर, सिनेमाको प्रदर्शन मिति भने तय गरिएको छ । यो सिनेमा अर्को बर्षको दशैंको फूलपातिमा रिलिज गर्ने उनले घोषणा गरेका छन् । कमेडी जनरामा बन्ने सिनेमामा दयाहाङ राई, बर्षा राउत, नीता ढुंगानाले काम गर्ने फाइनल भैसकेको छ ।

Loading...
For More videos Log on to Mazzako TV