प्रदर्शनको चौथो सातामा प्रवेश गरेको फिल्म ‘जात्रा’ लाई पुर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका प्रमुख डा.बाबुराम भट्टराईले हेरेका छन् । बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्तिकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धर र आफ्ना दलबल सहित डा.भट्टराईले ‘जात्रा’ फिल्म हेरेका हुन् ।

baburam-karishma-hisila-jatra-team

प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रा’ समाजको सजिव चित्रण रहेको डा.भट्टराईले टिप्पणी गरे । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ । र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न नसक्ने वातावरण छ। त्यसको सजिव चित्रण फिल्ममा छ । त्यसैले म एउटा उत्कृष्ट मध्येको फिल्म मान्छु ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । उनले भनिन्, ‘कन्टेन्ट र एक्टिङ हेर्ने हो भने यसले एसियामै अवार्ड पाउनु पर्ने हो ।’ ‘जात्रा’ लाई दर्शकले दिएको मज्जाको भिडियो हेर्नुस् :

यता अभिनत्री मानन्धरले हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरिन् । ‘जात्रा नहेरेको भए मैंले राम्रो फिल्म छुटाउने रैछु’ करिश्माले भनिन् । फिल्म हेरेपछि बाबुराम, हिसिला र करिश्माले निर्देशक भट्टराई र कलाकार तथा निर्माता बाँनियासँग केही समय भलाकुसारी समेत गरेका थिए । रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।

Loading...
For More videos Log on to Mazzako TV