असार २९ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरिएको फिल्म ‘बाबु कान्छा’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘ए मेरो हजुर २’ बाट निकै तारिफ बटुलेका सलोन ‘बाबु कान्छा’ मा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

’बाबु कान्छा’ को ट्रेलर हेर्दा फिल्ममा सलोनको लभर व्वाईको भूमिकामा प्रस्तुत भएका छन् । प्रोमोमा सलोनको दमदार एक्शन समेत देख्न सकिन्छ । यसका साथै उक्त प्रोमोमा सलोन तथा करिश्माका अलावा सरोज खनाल, नीर शाह राजाराम पौडेल लगायतलाई अटाइएको छ ।

चलचित्र ‘बाबु कान्छा’ मा शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको छ । भने उक्त फिल्ममा सलोन बस्नेत, करिष्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ तथा बिक्रम कंडेल लगायतको अभिनय छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछिन् ।

बाबु कान्छामा रबि अधिकारी कार्यकारी निर्माता रहेका छन भने, सन्तोष राज भण्डारी र सुरज घिमिरे सह–निर्माताको रुपमा रहेका छन् । फिल्ममा अष्ट महर्जनको एक्शन, गौतम राज खड्काको सम्पादन तथा टंक बुढाथोकी संगीत रहेको छ ।

ओम सुनारले ‘कर्णवीर’ को ‘चन्द्रमा झैं राम्री छौ’ बोलको चर्चित गीतलाई रिमिक्स गरेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV