नेपाल चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिने भएको छ ।आगामी मंसिर ६ मा बत्तीसपुतली स्थित शिल्पी थिएटरमा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गर्न लागिएको हो । प्राविधिक कारणले विगत तीन वर्षदेखि रोकिएको अवार्ड एकसाथ वितरण गर्न लागिएको नेपाल चलचित्र समीक्षक समाजले जारी गरेको प्रेस विज्ञप्ति मा उल्लेख छ । तीन वर्षको क्रिटिक्स अवार्ड निम्न अनुसार छ ।

२०७३ सालको सर्वोत्कृष्ट सुचि
फिल्म -‘कालोपोथी’
निर्देशक -दीपक रौनियार (सेतो सूर्य),
पटकथा– मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी),
सम्पादन -डेभिड बार्कर (सेतो सूर्य),
छायांकन-अजिज जम्बाकिन (कालोपोथी),
अभिनेता– बिपिन कार्की (जात्रा), माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री -केकी अधिकारी (लभ सासा)

२०७२ सालको सर्वोत्कृष्ट सुचि
फिल्म-पशुपति प्रसाद
निर्देशक-दीपेन्द्र के. खनाल पशुपतिप्रसाद
पटकथा– खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
छायांकन– शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी)
सम्पादन – सुरेन्द्र पौडेल (क्लासिक)
अभिनेता-सौगात मल्ल (फन्को)
अभिनेत्री– रिस्मा गुरुङ (कबड्डी कबड्डी)

२०७१ सालको सर्वोत्कृष्ट सुचि
फिल्म– ‘कबड्डी’,
निर्देशक-निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के),
पटकथा– रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी),
अभिनेता-दयाहाङ राई (कबड्डी),
अभिनेत्री– प्रियंका कार्की (सुन्तली),
छायांकन– अन्ड्रा बेलिका (सुन्तली),
सम्पादन- बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र
पाश्र्व संगीत-जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)

 

Loading...
For More videos Log on to Mazzako TV