बलिउड फिल्म ‘सन्दिप और पिंकी फरार’ का लागि छायांकनका लागि बलिउड स्टार अर्जुन कपूर र परिणिती चोपडा नेपालमा छन् । मंगलवारदेखि बैतडीको नेपाल र भारतको सीमा क्षेत्र झुलघाटबाट फिल्मको सुटिङ सुरु गरिएको छ । परिणितीले आफ्नो आधिकारीक इन्स्टाग्राममा एक तश्वीर शेयर गर्दै आफू नेपालमा रहेको जानकारी दिएकी छिन् ।


अर्जुन कपुर र परिणिति चोपडा अभिनित यो फिल्मको पहिलो सेड्युलको छायांकन नयाँ दिल्लीमा सकिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार, फिल्मका निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको बताएका छन् ।

Loading...
For More videos Log on to Mazzako TV