१८ बर्ष लामो बैबाहिक जीवनलाई व्रेक लगाउँदै अभिनेता अरवाज खान र अभिनेत्री मलाइका अरोरा खान अलग हुँदैछन् । उनीहरुविच, अब अलग हुनका लागि केहि सामान्य प्रक्रिया मात्र बाँकी छन् । यो प्रक्रिया सकिएपछि यी दुई औपचारिक रुपमा नै अलग हुनेछन् । malaika-and-arbaj

बान्द्रास्थित फेमिली कोर्टमा पुगेर यी दुइले अलग हुने प्रक्रियाको सुरुवात गरेका हुन् । कोर्टबाट बाहिर निस्कदै गर्दा अरवाजले मलाइकालाई आफ्नो कारमा बस्न आग्रह गरे । तर, मलाइकाले अरवाजको कुरा नै सुनिनन् । उनी आफ्नै कारमा बसिन् र त्यहाँबाट आफ्नो अपार्टमेन्टतर्फ लागिन् ।

मलाइका र अरवाजले आपसी सल्लाहामा नै अलग हुने फैसला गरेका हुन् । मलाइका र अरवाज अलग हुनुको पछाडि अभिनेता अर्जुन कपुरको हात रहेको चर्चा छ । मलाइका र अर्जुनको प्रेम सम्बन्धका कारण दुइको वैवाहिक जीवनमा दरार आएको भारतीय मिडियाको दाबी छ ।

Loading...
For More videos Log on to Mazzako TV