बलिउड अभिनेत्री अनुष्का शर्मा बिहेपछि पहिलोपटक स्टेजमा नाचेकी छिन् । उनले केही दिन बिराट कोहलीसँग बिहे गरेकी हुन् । उनै अनुश्का हालै मुम्बईमा नाच्दै गरेको अवस्थामा भेटिइन् । मुम्बईमा आयोजित ‘इन्टरनेसनल कस्टम्स डे’ को अवसरमा आयोजना गरिएको एक कार्यक्रममा उनले डान्स गरेकी हुन् । उनैसंगै अर्की अभिनेत्री आलिया भट्ट समेत स्टेजमा प्रस्तुत भएकी थिइन् ।

कार्यक्रममा अनुश्का पहेँलो रंगको कुर्ता–सुरुवालमा थिइन् भने आलिया प्रिन्टेड ब्ल्याक एण्ड ह्वाइट गाउनमा थिइन् । दुबैले स्टेजमा मज्जाले डान्स गरे । शाहरुख खान पनि डान्समा सहभागी हुदाँ रणबीर सिंह र रितेश देशमुखको स्टेज पर्फमेन्सलाई दर्शकले मज्जा लिए । कार्यक्रममा श्रीदेवी, वरुण धवन, रोहित शेट्ठी, सुस्मिता सेन लगायत सहभागी थिए ।

Photo: pinkvilla.com

Loading...
For More videos Log on to Mazzako TV