नागी डान्स सेन्टर इटहरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘अन्तरु मन्तरु’ बोलको गीतको म्युजिक भिडियो हालै ‘नागी डान्स सेन्टर इटहरी’ को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । ‘अन्तरु मन्तरु’ बोलको गीतमा निशान सिंखडाको स्वर रहेको छ । डी.पी खनालको शब्द रहेको गीतमा धनु ग्याङ्मीको संगीत छ । भिडियोमा बसन्त बस्नेत, रिना न्यौपाने, प्रायदिप राई, स्वस्तिका भेट्वाल, बिजय मगर, समी श्रेष्ठ, बिनोद राई, कैलाश अधिकारी, अर्जुन तामाङ्ग बिशाल श्रेष्ठ, अनिल बुढाथोकीको अभिनय रहेको छ ।

पुर्वाञ्चलका बिभिन्न रमरणिय स्थलहरुमा छायांकन गरिएके भिडियोको निर्देशन बसन्त बस्नेत, प्रायदिप राईले गरेका हुन् । भुपेन्द्र तुम्बाहाम्फेले खिचेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोको कोरियोग्राफी रेश्मा बान्तवा राईले गरेकी हुन् । गीतको एरेन्ज उदय राज पौडेलले गरका हुन् । हेर्नुस् भिडियो :

Loading...
For More videos Log on to Mazzako TV