विशेषतः ‘ह्याण्डसम भिलेन’ को परिचय बनाएका कलाकार अनुप विक्रम शाही अभिनित तीन फिल्मको ‘फस्ट लुक’ रिलिज भएका छन् । फिल्म ‘कृ’, ‘कमलेको बिहे’ र ‘झमक बहादुर’ मा अनुपको भूमिका भिन्न भिन्न छन् । अनमोल केसी स्टारर फिल्म ‘कृ’ मा अनुप भिलेन बनेका छन् भने अन्य दुई फिल्महरुमा उनी शिर्ष भूमिकामा प्रस्तुत भएका छन् ।

सुरेन्द्र पौडेलले निर्देशन गरिरहेको फिल्म ‘कृ’ को सुटिङ चल्दैछ । यसमा अनमोल र अदीति बुढाथोकी बिचको मुख्य भिलेन नै अनुप हुन् । छायाँकन सकिएको फिल्म ‘कमलेको बिहे’ मा भने अनुपको भूमिका उनले गर्दै आइरहेका फिल्महरुमा भन्दा विल्कुल फरक छ । यसमा उनी बनारसबाट शास्त्र पढेर आएको पण्डितको भूमिकामा प्रस्तुत भएका छन् । उनको अपोजिटमा नायिका सन्ध्या केसी चमेलीको भूमिकामा प्रस्तुत भएकी छिन् । ‘कमलेको बिहे’ लाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् ।

‘कमलेको बिहे’ को एक दृश्यमा अनुप

यता नयाँ निर्माण टिम रहेको फिल्म ‘झमक बहादुर’ मा भने अनुपले सुकुम्वासी युवाको भूमिका निभाइरहेका छन् । फिल्मको हाल राजधानी आसपासको क्षेत्रमा छायाँकन भैरहेको छ । फिल्मका निर्देशक बोमन कट्वाल हुन् । अनुपका यी तिनै फिल्म यसै बर्ष प्रदर्शनमा आउनेछन् । भुवन केसी र सुवास गिरीको संयुक्त निर्माण रहेको फिल्म ‘कृ’ को प्रदर्शन मिति भने भदौ ८ गतेलाई तोकिएको छ ।

Loading...
For More videos Log on to Mazzako TV