अहिले बलिउडका कलाकार पनि निर्माता बन्ने लहर नै चलेको छ । केहि अभिनेत्री फिल्म खेलेर राम्रै पैसा कमाएपछि निर्मात्री पनि बनिरहेका छन् । deepika-padukone

फिल्म ‘ओम शान्ती ओम’बाट बलिउडमा प्रवेश गरेकी दीपिकाले छोटो समयमा नै चर्चा पाइन् । उनी अहिले बलिउडकी नम्बर १ अभिनेत्री हुन् ।

दीपिका हलिउड फिल्ममा पनि पुगिसकेकी छिन् । अब, दीपिका आफ्नो व्रान्डिङलाई नयाँ उचाइमा लैजान चाहन्छिन् ।

दीपिका यतिबेला एउटा फिल्मको कथामा काम गरिरहेकी छिन् । उनले काम गरिरहेको कथा हलिउड अभिनेत्री एन्जेलिना जोलीको सफल फिल्मको रिमेक हुने चर्चा छ ।

एन्जेलिना अभिनित फिल्म ‘लारा क्रफ्ट’को रिमेक गर्दै दीपिका निर्मात्री बन्न चाहन्छिन् । यसका लागि उनी अहिले लागिपरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Loading...
For More videos Log on to Mazzako TV